arrow

जनतामारा काममा जनप्रतिनिधिकै मौनता, ‘न्यूरोडमा आगो लागे निभाउन सकिँदैन’

जनताको ज्यान जोखिममा पर्ने यो काममा मौन बस्नु जनप्रतिनिधिको निरीहता कि मिलेमतो ?

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
newroad_stall.jpg

काठमाडौं । महानगरपालिकाले आर्थिक चलखेलमा परी महानगरबासीको मानवीय संवेदना र मानविय सम्भावित जोखिमलाई समेत धरौटीमा राखेर न्यूरोडमा मोवाईल मेला सञ्चालन गर्न अनुमति दिईएको भेटिएको छ । जनप्रतिनिधि आएपछि जनप्रतिनिधिहरुले नै जनतामारा काम गरेपछि महानगरबासीमा भने नवनिर्वाचित जनप्रतिनिधिमाथि नै आक्रोश चुलिन थालेको छ । 

महानगरपालिकाका केही कर्मचारीहरुको मिलेमतोमा अनाधिकृत रुपमा राखिएको न्यूरोडको मोबाइल मेलामा राखिएका विज्ञापन सामग्रीका कारण त्यो क्षेत्रमा आगलागी भयो भने त्यहाँ दमकल छिर्नसक्ने अवस्था समेत नरहेको दमकल प्रमुखले प्रतिक्रिया दिएपछि जनप्रतिनिधि र कर्मचारीले जनतामारा काममा स्वीकृति दिईएको पुष्टि भएको छ ।

जुद्ध बारुण यन्त्रका प्रमुख बद्री नगरकोटीले अहिले चलाईएको मोबाइल मेलाका कारण न्यूरोडमा आगो लाग्यो भने दमकल छिर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । आईतबार हाम्राकुरासँगको कुराकानीका क्रममा प्रमुख नगरकोटीले सामसुङ मोबाइलको विज्ञापनको गेट र त्यहाँ भित्र राखिएका मोटरसाईकलहरुका कारण ती क्षेत्रभित्र आगो लागेको खण्डमा दमकल छिर्नै नसक्ने चेतावनी दिए । 

त्यस विषयमा आफूले महानगर प्रहरी महाशाखा प्रमुख विष्णु जोशीसँग कुराकानी गरेको भएपनि उनले त्यहाँ जाँदा स्थानीयले दादागिरि देखाएर सामान फिर्ता गर्न नसक्ने प्रतिक्रिया दिएका थिए । प्रमुख नगरकोटीले आफूले दमकलको तर्फबाट केही प्रतिनिधिहरुलाई पठाउँदा आफ्नो व्यवस्थापन आफैँ गर्ने भन्दै फर्काईदिएको बताए । आगोलाग्यो भने तपाईँहरु अब हेरेर बस्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘दमकलले कसैलाई पनि कुरेर बस्दैन । हामी आगो लाग्यो भने सिधै जान्छौं मोटरसाईकल फुट्छ । गेट च्यातिन्छ । तर मानवीय क्षति हुन त दिनु भएन नि ।’ उनले तर त्यहाँका स्थानीयले यस्तो जोखिम मोलेर प्रदर्शनी गरेकोमा भने आफूलाई अचम्म लागेको उनले बताए । 

महानगर प्रहरीले झुक्कायो 
उता, महानगर प्रहरी महाशाखा प्रमुख विष्णु जोशीले दिउँसो हाम्राकुरासँगको कुराकानीमा न्यूरोडको सामान उठाउन आफूहरुले टोली पठाईसकेको भनेर प्रतिक्रिया दिए । उनले एउटा गाडीमा सामान ल्याईपनि सकेको भनेर दिउँसो साढे १ बजेतिर बताएका थिए । तर, दिउँसो २ बजेसम्म त्यहाँ शनिबार बेलुका जस्तो थियो त्यस्तै अवस्था थियो । त्यहाँ केही पनि सामान हटाईएको थिएन । 

यसरी मानवीय सुरक्षासँग जोडिएको गम्भीर विषयमा समेत जनताको मत जितेर आएका जनप्रतिनिधिहरु मौन बन्दा उनीहरुको समेत नियतमाथि प्रश्न उठेको छ । उनीहरु विभिन्न प्रलोभनमा परेर उनीहरुलाई मत दिएर जिताएका त्यहाँका व्यवसायी र घरधनीहरुको भने सुरक्षा चुनौतीमा गुज्रिन बाध्य छन् । 

अव्यवस्थित तारका कारण आगलागीको जोखिम 
अहिले न्यूरोडको त्यो मेलामा फुटपाथमा स्टल राखेर बाटो मात्रै अवरोध गरिएको छैन । त्यहाँ अव्यवस्थित रुपमा राखिएका तारका कारण कतिबेला आगलागी हुन्छ भन्ने यकीन छैन । त्यहाँ सुरक्षा चुनौती त्यत्तिकै मात्रामा रहकोले जुद्ध बारुण यन्त्रका प्रमुखले त्यहाँ अवस्थिती बुझ्नको लागि प्रतिनिधि पठाएका थिए । तर, त्यहाँ दमकल नै छिर्न नसक्ने अवस्था देखेर उनीहरुले महानगरपालिकामा यस विषयमा गुनासो गरेका थिए । 

जनप्रतिनिधिको निरीहता कि मिलेमतो ?
हामीले यो गैरकानूनी कामको विषयमा जानकारी लिनको लागि शनिबार महानगरपालिकाको २२ नं वडाध्यक्षसँग सम्पर्क गरेका थियौं । उनले आफ्नै वडामा आफूलार्इ जानकारी नै नहुने गरी यत्रो महोत्सव चलाईएको भन्दै यसबारे आफूले एक्सन चाल्नुपर्ने बताए । उनले त्यतिबेला नै भनेका थिए ‘मलाई वडाध्यक्षको अधिकारको बारेमा राम्रो जानकारी रहेको छ । महानगरपालिकाले एक्सन लिएन भने म आफैं लिन्छु ।’

तर उनले शनिबार भएकोले आईतबार एक्सन लिने भनेपनि आईतबार पनि केही गर्न सकेननन् । यसले यो व्यवहार उनको निरीहता हो या त मिलेमतोमा गरेको काम टार्नको लागि गरिएको नाटक मात्र हो ? भन्नेबारे आशंका उव्जिएको छ । 

न्यूरोडको भूगोलपार्कसँगै रहेको पाको न्यूरोडमा भूगोलपार्कको पिपलको बोटदेखि पूरै सडक छोप्नेगरी  आयोजना गरिएको यो मेला सुरु भएको झण्डै एक हस्ता हुन लागिसक्यो । महानगरपालिकाको आधिकारिक शाखाको स्वीकृति पनि नलिई आयोजना गरिएको सो मेलाबाट महानगरपालिकालाई कुनै आम्दानी पनि हुँदैन । यसले बरु उल्टै त्यहीँका घरधनीहरु जोखिममा पर्नेगरेका छन् । त्यहाँको सबै डेकोरेसन र त्यहाँ सडक आयोजना गरिएको मेला पूर्णतयाः कानून विपरित रहेको छ ।

कुनैपनि सडक किनारामा काठमाडौं महानगरपालिकाको काठमाडौं महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामाग्री नियमन गर्ने विज्ञापन बोर्ड तथा प्रचार सामाग्री नियमन गर्ने नीति, २०७०को चौथो नम्बरमा नीतिको व्यवस्था उल्लेख गरिएको छ । सो व्यवस्थामा महानगर क्षेत्रमा राखिने विज्ञापन तथा सूचना बोर्ड र प्रचार सामाग्रीहरुको नियमन, नियन्त्रण गरी महानगरपालिकाको आन्तरिक आयमा अभिवृद्धि समेत गर्न गरिएको नीतिगत व्यवस्थाको झ नं बुँदामा ुसडक पेटी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारका द्वार, स्टल डिस्प्ले राख्न पूर्ण प्रतिवन्ध लगाउनेु भनिएको छ । यो विज्ञापन नीति लागू भईसकेपछि पनि दर्जन बढी पटक विज्ञापन नीतिहरु उल्लंघन गरेर विज्ञापन राख्न  मौखिक अनुमति दिईएको छ ।

महानगरपालिकाका राजश्व महाशाखा प्रमुख ध्रुव काफ्लेले  महानगरपालिकाको राजश्व विभागसँग न्यूरोडमा गरिएको सो मेलाले स्वीकृति नलिएको स्पष्ट पारे । उनले स्वीकृति लिन आएको तर बाटोमा अवरोध हुनेगरी मेला गर्न दिन कानूनले अनुमति नदिने भएकोले आफूहरुले स्वीकृति नदिर्इ पठाएको बताए । उनले यसरी मेला गरिनु महानगरपालिकाको विज्ञापन नीति र सर्वोच्च अदालतको आदेश वितरित रहेकोले आफूहरुले स्वीकृति दिन नसकिएको स्पष्ट पारे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ