arrow

जापानमा पर्यटक बस दुर्घटनामा १४ को मृत्यु

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
bus.jpg.jpeg
टोकियो । जापानमा शुक्रबार बिहान पर्यटक बस दुर्घटना हुदा त्यसमा रहेका १४ को मृत्यु भएको र अरु ३० जना घाइते भएका छन् । जापानी अधिकारीहरुले दिएको पछिल्लो समाचारमा उक्त दुर्घटनामा परी १४ जनाको ज्यान गएको जनाइएको छ । जापानको नागानो जिल्लामा रहेको एक रिसोर्टतर्फ जान लागेको सो बस बाटोमै दुर्घटनामा परेको बताइएको हो । 
 
जापान सरकारका प्रवक्ता एवम् प्रमुख सचिव योसिहिदे सुगाले उक्त दुर्घटनामा परी १४ जना यात्रुको ज्यानगएको र अरु ३० जना नराम्ररी घाइते भएका जानकारी दिनुभयो । सो बसमा ३९ जना यात्रु र दुई सवारी चालक रहेका उहाँले बताउनुभयो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सो दुर्घटनाको कारणका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानकर्ताहरुले बाटोको अवस्था ठीक रहेको बताएका छन् । 
 
जापानमा हुने बस दुर्घटनामध्ये अधिकांशको कारण बाटोमा हिउँ परेकोले चिप्लिएर हुने गरेको भएपनि सो बाटोमा हिउँ नरहेको उनीहरुले जनाएका छन् । प्रहरीले उद्वारको कार्यलाई सशक्त बनाएको जनाएको छ । दुर्घटनास्थलमा प्रहरी र उद्वारकर्ताहरु खटिएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ