arrow

राजविराजको मतगणनास्थलमै दशैं, मासु खाने र टीका लगाउने समय मत गन्दै वित्ने भो !

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
matgadana.jpg

काठमाडौं। मतदान भएको सातौं दिनसम्म पनि एकदमै सुस्त गतिमा गणना भईरहेको राजविराज नगरपालिकाको मत परिणाम दशैंको मध्यसम्म पनि नआउने सम्भावना देखिएको छ । सातौं दिनसम्म जम्मा तीन वटा वडाको मत परिणाम आएको सो नगरपालिकामा महाअष्टमीको दिन साँझसम्ममा मत परिणाम सार्वजनिक गर्ने तयारी आफूहरुको रहेको मुख्य निर्वाचन अधिकारी शारदाप्रसाद कोइरालाले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म कूल १६ वडामध्ये १, ३ र ४ वडाको मत परिणाम आईसकेको छ। कूल १६ वडा रहेको सो नगरपालिकामा अब बाँकी रहेको ३ वडाको मत परिणाम ३ दिनमा सार्वजनिक हुने सम्भावना नरहेको स्थानीय दलका नेताहरु बताउँछन्। त्यसो भयो भने यो वर्षको दशैमा दलका प्रतिनिधिहरु र निर्वाचन कार्यालयका प्रतिनिधिहरुले ढुक्कसँग दशै मनाउन नपाउने अवस्था रहेको छ। 

कोइरालाले ढिला भएन भने बिहीबारसम्म परिणाम आउने भएपनि ढिलाई भयो भने केहीदिन लम्बिन सक्ने संकेत गरे । उनको यो विषयले पनि प्रतिनिधिहरुले दशै मनाउन नपाउने स्पष्ट भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ