arrow

नगरप्रमुखको कसम–वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण नगर्ने

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
mahottari.png

महोत्तरी । नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गरेका छन् ।  

बुधबार महोत्तरीको गौशाला आएका तीस बर्षीय तथा अविवाहित रहेका नवनिर्वाचित प्रमुख यादवले जनताले आफूलाई काम गर्नका लागि चुनेकाले अब औरहीवासीका लागि नयाँनौलो काम नगरिकन जनताको घरमा गएर फूलमाला र अबीर ग्रहण नगर्ने बताए । 

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रत्यासी नरेन्द्र यादवले औरहीको विकासका लागि आफूलाई सहयोग गर्ने भएपछि तोकिएको समयमा यस नगरपालिकालाई नेपालकै नमूना नगरका रुपमा परिचित गराइने नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले प्रतिबद्धता दोहोर्याए । 

राजपा नेता शरतसिंह भण्डारीको गृहनगरीका रुपमा परिचित भएको औरही विकासका सन्दर्भमा खासै फड्को मार्न नसकेको बताउँदै आफूले दुई वर्षको अन्तरालमा आंशिकरुपमा वाचा पूरा गरेर जनतासँग मिलेर नै भव्य दीपावली गर्ने प्रमुख यादवले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ