लस एन्जलस। प्लेब्वाई म्यागजिनका संस्थापक ह्युज हेफ्नरको निधन भएको छ । ९१ वर्षको उमेरमा उनको क्यालिफोर्नियास्थित घरमै निधन भएको उनको कम्पनीले जनाएको छ। हेफ्नर प्लेब्वाईका रुपमा चिनिन्थे। उनले सन् १९५३ मा पुरुषको पनि म्यागजिन हुन्छ भनी प्रमाणित गरेका थिए।
प्लेब्वाई म्यागजिन कम्पनीको करौडौं डलर लगानी रहेको छ। जसको क्यासिनो, नाइट क्लव र टिभी शोमा लगानी रहेको छ। हेफ्नरको प्लेब्वाई म्यागजिनको पहिलो अंकमा मारिलिन मान्रोको नग्न तस्वीर छापिएको थियो। हेफ्नरको दाबी थियो कि उनले एक हजार भन्दा बढी महिलासंग बिस्तारा बाँडेका थिए। उनले ८६ वर्षको उमेरमा सन् २०१२ मा आफुभन्दा ६० वर्ष कान्छी महिलासंग तेस्रो विवाह गरेका थिए।