arrow

भारतको जितमा अष्ट्रेलिया तगारो, २१ रनले पराजित

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
india-australia.jpg

बैंगलोर । एक दिवसीय क्रिकेटको शिर्ष स्थानमा पुगेको दुई दिनपछि नै भारत अष्ट्रेलियासंग पराजित भएको छ । 

बैंगलोरमा भएको चौथो एक दिवसीय क्रिकेटमा २१ रनको हार आत्मसात् गर्दै भारतको लगातार १० जितको यात्रा पनि टुंगिएको छ । 

खेलमा पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले ५ विकेटको नोक्सानीमा ३३४ रन बनायो । 

डेभिड वार्नरले ११९ बलमा १२४ रन बनाए । पहिलो विकेटका लागि २३१ रनको पार्टनरसिप गर्ने क्रममा आरोन फिन्चले ९४ रन जोडे । 

उमेश यादवले ४ विकेट चड्काए । 

जवाफमा भारत जित नजिक पुगेर पनि हारको सामना गर्नुपर्यो । 

भारतले ८ विकेटको नोक्सानीमा ३१३ रन बनायो । 

केदार जाधवले ६७, रोहित शर्माले ६५ (५५ बलमा), अजिन्क्या रहानेले ५३ रन बनाए पनि टिमलाई जिताएनन् । 

हारपछि अष्ट्रेलिया पाँच खेलेको श्रृंखलामा क्लिन स्विप हुनबाट जोगिएको छ । 

भारत ३–१ ले अघि छ । अन्तिम खेल १ अक्टुबरमा नागपुरमा हुनेछ । 
 



नयाँ