arrow

कार्यदल बैठक : कोही आशावादी, कोही निराशावादी

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
3-party-and-morcha-task-force.jpg.jpeg
काठमाडौं । प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधि, संवैधानिक वैधताको विषय टुंग्याउन बसेको तीन दल र मधेसी मोर्चा सम्मिलित कार्यदल बैठक शुक्रबार पनि निर्णय तहमा पुग्न सकेन । सबै विषय टुंग्याउने गरी छलफल गर्ने भनिएको बैठक विहिबार बस्न नसकेपछि शुक्रबार सरेको थियो । 
 
संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सकारात्मक छलफल भएपनि निर्णय तहमा अझै नपुगेको कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यले जानकारी दिए । हाम्रा कुरासंग भने,‘आज अलिकति छलफल भयो र शनिबार ३ बजे छलफलले निरन्तरता पाउने छ ।’ आशा गरौं शनिवार सबै विषय टुंंगो लगाउने प्रयास हुनेछ । आचार्यले शुक्रबार भने सबै कार्यदल सदस्यहरु उपस्थित भएको जानकारी दिए । सत्ताधारी दलका कार्यदल सदस्यहरुले बैठक सकारात्मक भएकाले शनिबार केही प्रगति हुने बताएपनि मधेसी मोर्चाका कार्यदल सदस्य हृदयेश त्रिपाठीले खासै प्रगति नहुने निराशाजनक प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ