- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि झापा क्षेत्र नं ५ बाट सिफारिस भएका छन् । मंगलबार झापा क्षेत्र नं ५ का एमाले बैठकले ओलीलाई सिफारिस गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।
यस अघि झापा क्षेत्र नं ७ बाट उम्मेदवार बनेका ओलीले गत स्थानीय तहको निर्वाचनमा भक्तपुरमा मतदान गरेका थिए । तर, प्रतिनिधिसभाको निर्वाचनमा भने उनी झपाबाट नै उम्मेदवारी दिन लागेका हुन् ।