arrow

रणवीर–क्याट्रिनाको ६ वर्षे प्रेममा पूर्णविराम

आफ्नो सबै सामान बोकेर रणवीर आमा बाबुको घरमा आएका छन् ।

logo
प्रकाशित २०७२ माघ २ शनिबार
ranabir.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री क्याट्रिना कैफबीच प्रेम सम्बन्धमा खटपट भएको समाचार लामो समयदेखि आईरहेको थियो । तर अब भने यो कुरा सहि प्रमाणित भएको छ । उनीहरुको ब्रेकअप केही समय अघि भएको भारतीय मिडियाले जनाएका छन् ।

समाचार अनुसार रणवीर कार्टर रोडस्थित एक फ्ल्याटमा क्याट्रिनासँग लिभिङ टुगेदरमा बस्दै आए पनि अहिले भने उनले त्यो कोठा छोडेका छन् । आफ्नो सबै सामान बोकेर रणवीर आमा बाबुको घरमा आएका छन् ।

क्याट्रिना आफनो आउन लागेको फिल्म ‘फितुर’को प्रमोसनका लागि नयाँदिल्लीमा छिन् । उनीहरुको ब्रेकअपको खबर फिल्म ‘तमाशा’को सुटिङकै समयमा भएको यसअघि हल्ला चलेको थियो । फिल्मको सुटिङका क्रममा नायिका तथा रणवीरकी पूर्व प्रेमिका दीपिका पादुकोणसँग रणीरको दोस्ती बढेपछि क्याट्रिना–रणवीरको प्रेम धरापमा परेको थियो ।

स्रोतका अनुसार उनीहरुले आफ्नो सम्बन्धलाई दिगो बनाउने भरपुर प्रयास गरे पनि त्यो सफल हुन सकेन । योसँगै उनीहरुको ६ वर्ष पुरानो प्रेम सम्बन्ध सकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ