नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँगेसका पुराना नेतालाई अब विश्राम लिई अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ ।
पुराना नेताले नेतृत्व लिएर पार्टीमा योगदान दिइसक्नु भएको भन्दै नेत्री कोइरालाले अब नेतृत्व हस्तान्तरण गरेर अभिभावकको रुपमा बस्न नेतालाई सुझाव दिनुभयो ।
पार्टीको १३ औँ महाधिवेसनको लागि जिल्ला दौडाहामा निस्कनु भएकी नेत्री कोइरालाले शनिबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा युवाको नेतृत्व गर्दै आफू कांग्रेस सभापतिका लागि इच्छुक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पूराना नेताले अब सक्दैनन, मैले विश्व बुझेकी छु, काँग्रेसलाई हाँक्नसक्छु।’
नेत्री कोइरालाले आफू युवाको नेता भएको बताउँदै काँग्रेसलाई आधुनिक तरिकाले चलाउनसक्ने दाबी गर्नुभयो।