arrow

धुलिखेलका रिसोर्टमा ग्याँसको सट्टा दाउरा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1674744419.jpeg
बनेपा । इन्धन अभाव भएपछि धुलिखेलका रिसोर्टले खाना बनाउन दाउराको प्रयोग गर्न थालेका छन् । “ग्यासको अभाव भएपछि केही दिनयतादेखि दाउरा नै प्रयोग गर्न थालेका छौँ”–धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ श्रेष्ठले बताए । उनले अहिले ‘कन्टीनेन्टल’ खाना बनाउन बन्द गरिएको जानकारी दिँदै मेनु परिवर्तन भएको बताए ।

मैले त खानाका लागि दाउराको प्रबन्ध गरेको छु त्यसैले खानाका लागि नै समस्या नहोला सञ्चालक श्रेष्ठले भने । “अतिथिलाई दाउरा बालेर भएपनि खाना खुवाइन्छ, तर पहिलेकै अवस्थामा पर्याप्त मात्रामा खाना उपलब्ध हुँदैन”–क्षेत्रीय होटेल एसोसियसनका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भने । 

इन्धन अभाव भएपछि बेलुका केही समय अन्धकारमा बस्नुपरेको जानकारी दिँदै उनले रिसोर्टमा अतिथिको चाप भने नघटेको जिकिर गरे ।  अहिले पनि अष्ट्रेलिया, चीनलागयत मुलुकका पाहुना रिसोर्टमा भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले इन्धन अभावका कारण उद्योग धन्दा चौपट हुने स्थितिमा पुगेको बताए ।

धुलिखेलमा साना तथा ठूला गरी करिब २२ रिसोर्ट तथा होटेल सञ्चालित छन् । त्यसैगरी धुलिखेल, बनेपा, पनौतीलगायत क्षेत्रमा पनि सर्वसाधरणले ग्यास नपाएपछि वैकल्पिक रुपमा दाउराको प्रयोग गर्न थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ