arrow

चपली हाइटका हिरो फसाउने आफैँ खोरमा

नायक राज घिमिरे रिहा

logo
प्रकाशित २०७२ माघ २ शनिबार
Raj-Ghimire.jpg.jpeg
काठमाडौं । चपलीहाइट फिल्मका नायक तथा समाजवेवामा सक्रिय राज घिमिरेको पैसा लिएर उल्टै घिमिरेले अपहरण गरेको आरोप लगाउँदै हिँडेका कुमार सिलवाल प्रहरी खोरमा पुगेका छन् । सिलवाल दुईसातादेखि जाउलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा हिरासतमा छन् । 
 
घिमिरेले दिएको तीन लाख पचास हजार रुपियाँ नतिरेका सिलवालले उल्टै घिमिरेले आफूलाई अपहरण गरेको भन्दै जाहेरी दिएका थिए । जाहेरीपछि घिमिरे स्वयम् पुस २ गते जाउलाखेल प्रहरीमा हाजिर भए तर प्रहरीले दुईसाता राखेर उनीमाथि मुद्दा चलायो । आरोप मिथ्या सावित भएपछि घिमिरेलाई जिल्ला अदालत ललितपुरले छाडिदियो भने घिमिरेको जाहेरीपछि सिलवाल अहिले हिरासतमा छन् । 
 
‘श्रीमतीको किडनी फेल भयो भन्दै मसँग उसले साढे तीन लाख रुपियाँ लिएको थियो, मलाई उसले कृषि विकास बैंकको बाउन्स चेक दियो’ घिमिरेले घटनाबारे भने, ‘मलाइ ढाँट्दै र बाउन्स चेक दिँने गरेर हैरान पारेपछि एउटा कफीसपमा बोलाएर झपारेको हुँ तर उसले अपहरण गरेको भन्ने जाहेरी दिएर मलाई उल्टै दुई साताजति थुनायो । म रिहा भएपछि वास्तविक कारणसहित प्रहरीलाई जाहेरी दिएँ, अहिले ऊ जाउलाखेलमा छ ।’
 
गोदावरीका स्थानीय वासिन्दा रहेका घिमिरे भूकम्पपछि विस्थापितहरुश्रको सहयोगका लागि स्थानीय युवाहरुसँग सक्रियतापूर्वक खटिएका थिए । उनी गोदावरी मेलाको व्यवस्थापनमा पनि सक्रिय थिए । ‘मेरो काम देखेर डाह गर्नेहरुले मलाई फसाउन खोजे, म सत्यमा अडिग छु, म विरुद्ध जसले जेसुकै गरे पनि मेरो यात्रा रोकिँदैन’ घिमिरेले भने, ‘चपली हाइटबाट म कलाकारितामा स्थापित भएको पनि धेरैलाई डाह होला । यसले मेरो यात्रालाई फरक पार्नेवाला छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ