arrow

भूकम्प प्रभावित बालबालिकालाई लत्ताकपडा वितरण

logo
प्रकाशित २०७२ माघ २ शनिबार
image.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय नागरिक विकास समाजले भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण गरेको छ । समाजले यहाँ आज आयोजना गरेको शैक्षिक सामग्री वितरण सम्मान तथा ‘नयाँ संविधान कार्यान्वयन र विकास निर्माणमा नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रियामा उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर कसीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत डा हर्षरत्न शाक्य, व्यवसायी यादवराज शर्मा, धार्मिक व्यक्तित्व पवन न्यौपाने, समाजसेवी उमा कार्की, पर्यटन व्यवसायी केशवप्रसाद अधिकारी, शिक्षासेवी बाबुराम केसीलगायत करिब ३० जना व्यक्तित्वलाई सम्मान गर्नुभयो । 
 
यस्तै विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा र खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले करिब ३० जना बालबालिकालाई टिसट, टाउजर, स्कूले झोलालगायतका लत्ताकपडा, कलम र कापी वितरण गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री केसीले नेपालमा नयाँ संविधान जारी भएकै कारण भारतले नाकाबन्दी गरेको भन्दै सीमाङ्कन र विकासको नाममा तराईलाई अलग गर्न नहुने बताउनुभयो । 
 
देशको राष्ट्रियता र अखण्डतालाई जोगाउनका लागि पनि नाकाबन्दीबाट पाठ सिक्दै परनिर्भर नभई आत्मनिर्भर बन्नुपर्ने उपप्रधानमन्त्री केसीको भनाइ छ । विज्ञान तथा प्रविधि मन्त्री थापा र खानेपानी तथा सरसफाइ मन्त्री सिंहले जनताको चाहनाअनुसारको संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनका लागि सबै दलबीचको एकता हुनुपर्नेमा जोड दिनुभयो । विकास समाजका अध्यक्ष महेशजङ्ज कुँवरले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि सरकारको मात्र भर पर्नुभन्दा नागरिक तहबाटै प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ