arrow

खुल्यो हेयर एण्ड ब्युटि स्टुडियो

सैलूनका अध्यक्ष सुदिप रेग्मीले प्रियंकालाई २० हजार रुपैया“ बराबरको स्मार्ट कार्ड उपलब्ध गराएका थिए ।

logo
प्रकाशित २०७२ माघ २ शनिबार
Priyanka.jpg.jpeg
काठमाडौं । सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा सञ्चालन गरिएको ‘टे«न्ड सेटर्स युनिसेक्स हेयर एन्ड ब्युटी स्टुडियो’ को शनिवार शुभारम्भ भएको छ । नायिका करिश्मा मानन्धर, गायिका कोमल वली, हास्य अभिनेत्री दीपाश्री निरौला, कुञ्जना घिमिरे तथा गायिका सविना कार्कीले रिबन काट्दै उक्त सैलूनको उद्घाटन गरे ।

सैलून उद्घाटन समारोहमा अभिनेता भुवन केसी, निर्देशक दिनेश डिसी, हास्य अभिनेता निर्मल शर्मा, वरिष्ठ पत्रकार सुवास ढकाल, हास्य अभिनेता विल्सन विक्रम राई तथा गायकद्वय राजेशपायल राई र योगेश्वर अमात्यले संयुक्त रुपमा केक काटेका थिए । कार्यक्रममा टे«न्ड सेटर्स सैलूनकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्कीले सैलूनबाट सेवा लिइसकेको बताउँदै उनले सैलुनमा अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध भएको बताइन् । समारोहमा नायिका कार्कीले सैलूनले शनिवारदेखि नै प्रारम्भ गरेको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । सैलूनका अध्यक्ष सुदिप रेग्मीले प्रियंकालाई २० हजार रुपैया“ बराबरको स्मार्ट कार्ड उपलब्ध गराएका थिए ।
 
सैलूनका निर्देशक आशिष भट्टराईले सैलूनले गुणस्तरीय सेवालाई विशेष प्राथमिकता दिएको उल्लेख गरे । सञ्चालकका अनुसार सैलुनमा हेयर कट, हेयर कलर, हेयरस्टे«ट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धित १ सय भन्दा बढि सेवा उपलब्ध हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ