arrow

उद्योग वाणिज्य संघमा एमाले–राप्रपा विजयी, काँग्रेस–माओवादी फ्लप

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
jajarkot.png

जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ । 

खत्रीले काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बनेका हुन् । 

खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गरे । 

वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बनेका छन् ।

त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी बने । 

महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी भए । 

त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी भए । 

जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ । 

अपांग सदस्यमा यसअघिनै काँग्रेस९माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ