arrow

बियोगी पत्रकार पुरस्कार घिमिरे र पन्तलाई

logo
प्रकाशित २०७२ माघ २ शनिबार
parsu-ghimire.JPG.jpeg
काठमाडौं। यस बर्षको गोबिन्द बियोगी बिशेष पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरे र टंक पन्तलाई प्रदान गरिएको छ। सम्पादक समाजले पत्रकार गोबिन्द बियोगीको १० औं स्मृति दिवसको अवसरमा घिमिरे र पन्तलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेको हो । सञ्चार मन्त्री शेरधन राईले एक बिशेष समारोह बिच उक्त पुरस्कार प्रदान गरेका हुन। 
 
करिब तीन दशक देखी नेपाली पत्रकारितामा क्रियाशिल रहेका घिमिरे तरुण साप्ताहिकका सम्पादक हुन भने पन्त चक्रपथ डटकमका सल्लाहकार सम्पादकको जिम्मेवारीमा रहेका छन्। ४० को दशक देखी पत्रकारिता निरन्तर क्रियाशिल रहेको भन्दै सम्पादक समाजले उक्त पुरस्कार प्रदान गरेको हो। 
 
यसैगरी, गोबिन्द बियोगी बरिष्ठ पत्रकार सम्मान भने रामचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ। न्यौपाने गोरखापत्र दैनिकका पुर्व सम्पादकको जिम्मेवारीमा रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ