नयाँ प्रतिवन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा आलोचना
प्रकाशित २०७४ असोज २३ सोमबार
357
Shares
तेहरान, इरान रासस-सिन्ह्वा। इरानको इश्लामिक रिभोलुसन गार्ड कर्प (आइआरजिसी)ले यदि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिवन्ध लगाउने हो भने यसको नराम्रो असर वासिङ्टनलाई पर्ने चेतावनी दिएको छ। आइआरजिसी कमाण्डरलाई उद्धृत गर्दै आइतबार इरानी राज्य सञ्चालित समाचार संस्थाले यदि इरानमाथि नयाँ प्रतिबन्ध लगाउने हो भने उनीहरूले अमेरिकी क्षेत्रीय सैन्य आधार शिविरलाई इरानी क्षेप्यास्त्रले नभेट्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेछ।
जफारीले अमेरिकी सरकारलाई चेतावनी दिँदै भनेको छ इरानमाथि नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य हुन्छ। अमेरिकी प्रशासनको इरानसँग अमेरिका लगायत विश्व शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट फिर्ता आउने सम्भावित अमेरिकी एकतर्फी निर्णय उसकै हितविपरित हुने इरानले जनाएको छ।