arrow

त्रसित छन् आमिर खान

आफ्नो फिल्म पनि शाहरुखकै जस्तो विरोधको शिकार हुने हो कि भन्ने त्रासमा छन् ।

logo
प्रकाशित २०७२ माघ २ शनिबार
aamir_dangal16.jpg.jpeg
मुम्बई । बलिउड बादशाह शाहरुख खानको पछिल्लो रिलिज फिल्म ‘दिलवाले’ ले भारतमा सोचे जस्तो व्यापार गर्न सकेन । यसको एकमात्र कारण स्वयं शाहरुख नै थिए । देशमा बढ्दै गएको असहिष्णुताका बारेमा शाहरुखले बोलेपछि उनको व्यापक विरोध भएको थियो ।

अहिले यस्तै समस्या अर्का अभिनेता आमिर खान भोगिरहेका छन् । उनी अभिनित फिल्म ‘दंगल’ यसै वर्ष रिलिज हुँदैछ, जसकारण आफ्नो फिल्म पनि शाहरुखकै जस्तो विरोधको शिकार हुने हो कि भन्ने त्रासमा छन् ।

भारतीय जनता पार्टीका नेता तथा राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले हालै एक कार्यक्रममा भाषण गर्दा आमिर लक्षित भाषण केन्द्रित गरे । ‘एउटाको त उपचार भयो, अब अर्कोको उपचार गर्न बाँकी छ, दंगलमा मंगल गर्न बाँकी छ, सबैजना ख्याल गर्नुहोला ।’ ती नेताले भनेका छन् ।

फिल्म ‘दंगल’मा आमिर एक पहलमानको भूमिकामा देखिँदैछन् । फिल्मको कहानी पहलमान महावीर सिंह फोगटको जीवनीमा आधारित छ । जसले तमाम विरोधका बाबजुद आफ्नो छोरीलाई पहलमान बनाउँछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ