- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्पकप छनोट फुटबलको अन्तिम खेलमा पुर्व विजेता स्पेनले इजरायललाई हराएको छ । स्पेन १–० को झिनो अन्तरले विजयी भयो ।
७६ औं मिनेटमा एसियर इलारमेन्दीले गोल गर्दै स्पेनलाई जिताए ।
युरोपेलि समुहको जी अन्तर्गतको अर्को खेलमा इटलीले अल्बानियालाई १–० ले हरायो ।
७३ औं मिनेटमा एन्टोनियो कान्ड्रेभाले गोल गर्दै इटलीलाई जिताए ।
यो समुहको अन्तिम खेलमा एफवाइआर म्यासेडोनियाले लिच्टेन्सटेनलाई ४–० ले हरायो ।
यो खेलपछि २८ अंकबाट स्पेनले सीधै अर्को वर्ष रुसमा हुने विश्वकपमा टिकट काटेको छ । २३ अंकबाट भने इटलीले प्लेअफ खेल्नुपर्ने भएको छ ।