arrow

इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
ime-wazer.png

काठमाडौं । आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २ सय  शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सकिनेछ  । यसरी पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईवीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भको अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई र वाइजम्यानको  सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए । दुई संस्थाको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे।

भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५०  लाख नागरिकहरुले पठाएको रकम भारतमा  रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे।

आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने भन्दै ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिन-दिन यो सम्झौता महत्तपूर्ण हुने  विश्वास व्यक्त गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ