arrow

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका २ वटा उद्योगको मात्र सुरक्षा करको विवरण 

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ असोज २४ मंगलबार
hetauda_antarkriya.jpg

हेटौँडा ।  नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा हेटौँडामा एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको छ । सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौँको आयोजनामा हेटौँडामा रहेका उद्योग, संघ संस्था संचालक, व्यवस्थापक सहित टे«ड युनियनका प्रतिनिधीेसँग गरिएको सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि त्रिपक्षीय अन्तरक्रिया तथा गोष्ठीमा सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा जानकारी गराईएको हो । 

अन्तरक्रिया तथा गोष्टीमा  कार्यक्रममा जनाकारी गराईए अनुसार २०६७ चैत ७ गते सामाजिक सुरक्षा कोषको विधिवत् स्थापना भएपछि सरकारले सामाजिक सुरक्षा कर वापतको लिएको १% रकमको २०७३÷७४ को अषाढ मसान्तसम्म १६ अर्ब ७९ करोड  जम्मा भईसकेको बताईएको छ । त्यसैगरी १६ अर्ब ७९ करोड  भध्य अर्थ मन्त्रालयबाट आर्थिक बर्ष २०६९÷७० मा स्किम कार्यन्वयनका लागी ४७ करोड कोषको नाँउमा निकास भएको र हाल सम्म बचत ६३ करोड ५० लाख पुगेको समेत बताईएको छ ।  

त्यसैगरी कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले  सामाजिक सुरक्ष कर वापतको १ % रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर प्रविष्टि कार्य भईरहेको र हाल करिब ३ हजार प्रतिष्ठानहरुको डाटाको प्रविष्ट गरिएको बताउदै श्रेष्ठले मकवानपुरबाट सरकारी ,अर्धसरकारी र निजी गरी जम्मा ११ वटा प्रतिष्ठानहरुको मात्र सुरक्षा करको पूर्ण विवरण प्राप्त भएको भन्दै  हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका ८० भन्दा बढी उद्योगहरुमा २ वटा उद्योगले मात्र  सुरक्षा करको पूर्ण विवरण पठाएकोले सम्पुर्ण प्रतिष्ठानहरुलाई सुरक्षा करको पूर्ण विवरण पठाउन अनुरोध गरे  ।  

अन्तरक्रिया तथा गोष्टी कार्यक्रममा नेपाल औद्योगिक व्यवस्थापनका अध्यक्ष माधव अधिकारी, मकवानपर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने ,उद्योग संघ मकवानपुरका उपाध्यक्ष लेखराज पोखरेल , श्रम कार्यलय मकवानपुरका प्रमुख मिथिलेशोर राय यादव , आईटियुसिका संयोजक श्याम श्रेष्ठ ,नेपाल पत्रकार महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, लगायत हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका विभिन्न उद्योगका संचालक, व्यवस्थापक, व्यवसायी, सहित टे«ड युनियनका प्रतिनिधीेहरुको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ