- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्तिम समयसम्मको ढुकढुकीपछि अर्जेन्टिनाले अन्ततः रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलमा स्थान सुरक्षित गरेको छ ।
अर्जेन्टिनाले छनोटको अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो ।
अर्जेन्टिनाका लागि लिओनल मेस्सीले कमाल गरे । उनले ह्याट्रिक गरे । मेस्सीको यो करियरको ४४ औं ह्याट्रिक थियो ।
यो समुहबाट अर्जेन्टिनासंगै ब्राजिल, उरुग्वे र कोलम्बिया पनि विश्वकपमा पुगेका छन् । पेरुले प्लेअफ खेल्न पाउने भएको छ भने चिली, पाराग्वे, इक्वेडर, भेनेजुएला र बोलिभिया बाहिरिएका छन् ।
छनोटका अन्तिम खेलमा ब्राजिलले चिलीलाई ३–० ले हरायो । नेइमारले पहेंलो कार्ड खाएको खेलमा गाब्रिअल जिससले २ तथा पाउलिन्होले १ गोल गरे ।
अन्य खेलमा भेनेजुएलाले पाराग्वेलाई १–० ले, उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो । पेरुले कोलम्बियासंग १–१ को बराबरी खेल्यो ।