- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल रुसमा हुने विश्वकप फुटबलमा टिकट काट्न सफल भएको छ ।
छनोटको अन्तिम खेलमा स्विटजरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो ।
पोर्चुगललाई जिताउन आन्द्रे सिल्भाले गोल गरे । स्विटजरल्याण्डलाई हराउन पहिलो आत्मघाति गोल जोहान जोरोउले गरेका थिए ।
समान २७ अंक भए पनि गोल अन्तरमा पछि पर्दै स्विटजरल्याण्डले प्लेअफ खेल्नुपर्ने भएको हो ।
यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल नगरे पनि उनलाई विश्वकपमा देख्न पाउने भएसंगै उनका फ्यानहरु निकै हर्सित भएका छन् ।
अबको व्यक्तिगततर्फको प्रदर्शनको लेखाजोखा फेरि पनि रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी बीच नै हुने भएको छ ।
छनोटको अन्तिम खेलमा बाहिरिइसकेको लात्भियाले एन्डोरालाई ४–० ले हरायो ।
हंगेरीले फारोइ आइल्याण्डलाई १–० ले पराजित गर्यो ।