arrow

कुरा मिल्ला त आज कार्यदलमा ?

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
barta-toli.jpg.jpeg
काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरु रहेको कार्यदलले आज उच्चस्तरिय राजनितिक संयन्त्रको कार्यविधि र क्षेत्रधिकारको टुङगो लगाउने भएको छ । 
 
अन्य सवै विषयमा मिलिसकेपनि संयन्त्रको कार्यविधि र क्षेत्रधिकारका बारेमा स्पष्ट हुन नसक्दा दलहरुका विचमा सहमति हुन नसकेको हो । कार्यदलको बैठकले आज संयन्त्रको बारेमा टुङगो लगाएर भोली सहमति गर्ने र पर्सी बस्ने संसद बैठकमा पेश गर्ने दलहरुको तयारी रहेको छ । 
 
दलहरु विचको सहमति अनुसार पर्सीको संसद बैठकमा संविधान संशोधन प्रस्ताव माथी फेरी अर्को संशोधन प्रस्ताव पेश गर्ने दलहरुको तयारी हो । 
 
कार्यदलको हिजोको बैठक एकदमै सकारात्मक भएको र आज पनि बैठक बस्ने तयारी भईरहेको कार्यदलका सदस्य तथा मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताए । 
 
आज अपराहन्न २ बजेपछि सिंहदरबारमा बस्ने तय भएको कार्यदलको वैठक संयन्त्रको कार्यविधिकै बारेमा बढी केन्द्रीत हुने नेताहरुले बताएका छन् । 
 
उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेश सीमाकंन टुंग्याउन मधेशी मोर्चा सहमत भएपछि संयन्त्रको कार्यविधिका बारेमा छलफल हुन थालेको हो । 
 
प्रमुख राजनीतिक दलले राज्य पुनःसंरचनाको सम्बन्धमा देखिएको विवाद हल गर्न तीन महिनाको समय दिएर उच्चस्तरीय समिति बनाउने प्रस्ताव गरेका छन् । 
 
विज्ञ सम्मिलित टोलीले तीन महिनाभित्र सीमाङ्कनको विषय टुङ्ग्याउने र त्यसलाई वैधानिकता दिने विषयमा प्रमुख दलका तर्फबाट यसअघि नै अगाडि सारिएको प्रस्तावमा मोर्चाले सर्तसहित सहमति जनाएको अवस्थामा वार्ता फलदायी हुने दिशामा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ