arrow

थानेश्वर न्यौपानेले जिते आईएमईको १० लाख

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
Fifteen-days-Lucky-Draw-Winner.jpg

काठमाडौं ।  दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार थानेश्वर न्यौपानेले जितेका छन् ।  

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय रुपैँया पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।  काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरी लगायत आइएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । युएईस्थित अल–अहलियाबाट  नेपालमा पैसा पठाएका गौतम भाग्यशाली विजेता छनोट  भएका हुन् ।  भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

 भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ बाट करिव २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् ।  मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सो सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट कम्पनीले  ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छान्ने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ