arrow

युवा कलाकारले बनाए नयाँ नाट्यशाला

उद्घाटनमा नाट्य समुहले १५ मिनेटको सांकेतिक नाटक प्रस्तुत गरेको थियो ।

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
khwa.jpg.jpeg
काठमाडौं । काठमाडौको नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिर छेवैमा निर्माण गरिएको नाटकघर ख्वापा नाट्यशालाको शनिवार एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । नाट्यकर्मी साथै टेलिभिजनका कलाकारहरुको बाक्लो उपस्तिथि रहेको कार्यक्रममा वरिष्ठ नाट्यकर्मी तथा प्रमुख अतिथि प्रचण्डमान मल्लले पानसमा दिप प्रज्वलन गरि नाटकघरको उद्घाटन गरे । 

कार्यक्रमका प्रमुख अतिथि मल्लले नाटक क्षेत्रमा आफुले ठुलो संघर्ष गरेको स्मरण गर्दै युवाहरुले मिलेर नाटकघर निर्माण गर्नु खुशीको कुरा रहेको बताउँदै नाटकघरले यसका वरपरका बासिन्दालाई नाटक हेर्न प्रेरित गर्नुपर्ने पनि सुझाव दिए । उनले भने, ‘नेपाली नाटक क्षेत्रमा हाल बुढाभन्दा पनि यूवाहरुको जमात लागेका छन्, यो खुशीको कुरा हो ।’ 

मल्ले नाट्यकर्मी बालकृष्ण समसँग नाटक गर्दाको अनुभव कोट्याउदै त्यतीखेर विदेशी नाटकहरुको कथा ,नाटकहरुलाई वढी प्राथमिकता दिने गरेकोमा समकै पाला देखी नेपाली भाषामा नाटक गर्न शुरुवात गरेको पनि बताए । राजधानीमा नाटकघर चार वटा सञ्चालनमा रहेकोमा त्यसै भिडमा ख्वापा नाट्यशाला थपिएकोमा नाटक क्षेत्रको निकै सम्भावना रहेको बताए । 

चर्चित हास्य टेलिश्रृङखला ‘मेरी बास्सै’मा ‘ठुला मुख’ भनेर चिनिएका कल्याण राईले नाटक क्षेत्रको चर्चा गरेका थिए । आफु सडक नाटक गर्दै ३३ बर्षको संघर्षमा यस्तो स्थान पाएको भन्र्दै नाटक क्षेत्र संघर्ष गर्ने मैदान रहेको बताए । सरकारले नाट्यकर्मीलाई नहेरेको प्रति उनले गुनासो गरे । साहित्यकार शुसिल पोखरेलले ख्वापा अर्थात मुखौटाको कविता बाचन गरेर कार्यक्रमलाई रोमाञ्चक बनाए । उनले मुखौटा लगाएको मान्छको हो र कस्तो छ भनेर चिन्न मुस्किल हुने कुरा कविताका माध्यमबाट सुनाए । कार्यक्रममा श्रीराम दाहाल,राजेन्द्र खड्का,अक्लल कार्की लगायत अथितिहरुले आ आफ्नो मन्तव्य राखेका थिए । 

उद्घाटन समारोहमा ख्वापा नाट्य समुहले १५ मिनेटको सांकेतिक  नाटकमा प्रस्तुत गरेको थियो । कला, संगित र साहित्यले मान्छेलाई कसरी बाँधेको हुन्छ भनेर सांकेतिक रुपमा नाटक प्रस्तुत गरिएको थियो । जस नाटकलाई परिकल्पना लेखन नारायण नेपालले गरेका थिए भने निर्देशन सम्झना मगरले गरेकी थिईन । माया तामाङ,उमा तामाङ,अजय नेपाल,सचिन कडेँल,दीक्षा चौलागाई,विपना गिरी,सवीना श्रेष्ठ,राजन थापा,छिरिङ डोल्मा शेर्पाका अलवा सम्झना मगरले अभिनय प्रस्तुत गरेका थिए । 

ख्वापा नाट्य समुहले केहि समय देखी नियमित नाटक मञ्चन गर्ने तयारीमा जुटेको कलाकार भोला अधिकारीले जानकारी दिए । ‘नाटकघरको उद्घाटन मात्र भएको छ र चाँडै हामी नियमित नाटक लिएर आउँने छौँ ।’ भोलाले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ