arrow

४२ वर्षीया परवीनसँग ७० वर्षे अभिनेता कबीरको विवाह

शनिवार ७० औं जन्मदिन मनाएका उनले अघिल्लो दिन परवीनसँग विवाह गरेका हुन् ।

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
Kabir-bedi-Parveen.jpg.jpeg
मुम्बई । बलिउडका वरिष्ठ कलाकार कबीर बेदीले शनिवार मनाएको जन्मदिन उनका लागि विशेष बनेको छ । शनिवार ७० औं जन्मदिन मनाएका उनले त्यसको अघिल्लो दिन मिल्ने साथी ४२ वर्षीया परवीन दुसांजसँग विवाह गरेका छन् ।

उनको जन्मदिन समारोहमा उपस्थित भएका अभिनेता गुलशन ग्रोवरले कबीरलाई जन्मदिन र विवाहको शुभकामना दिए । ‘कबीर मलाई मनपर्ने मान्छे हुन र उनले निकै राम्रो काम गरेका छन् । उनी फिल्म जगतका सबैभन्दा राम्रा मान्छे हुन ।’ गुलशनले भनेका छन् ।

कार्यक्रममा कबीरले २५ वर्ष फिल्म क्षेत्रमा बिताएको व्यक्तिलाई ओश्कार दिनुपर्ने जनाउँदै त्यसमा आफु पनि हकदार भएको बताए । उनीहरुले बिहीबार गुरुद्वार पुगेर आशिवार्द लिँदै शुक्रबार परिवारजन र नजिकका साथीभाईमाझ विवाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ