चीनको जस्तै विकास नेपालमा पनि सम्भव : कृषि अध्ययन टोली प्रमुख झाङ्ग
कौरव खत्री,
प्रकाशित २०७४ असोज २८ शनिबार
705
Shares
गुल्मी । नेपालको ग्रामिण क्षेत्रको कृषिलाई अध्ययन र अनुसन्धानका लागि चीनका अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली गुल्मी आएको छ । जिल्लाको मुसिकोट नगरपालिका १ को भर्माचौरमा आएको चिनियाँ अनुसन्धान विकास केन्द्रका टोलीका प्रमुख योङसेङ झाङ्गले भने,नेपालमा आफुहरु मित्रता सम्बन्ध कायम गर्न र केही कुराहरु सिक्न सिकाउन आएको भन्दै उनले नेपालमा थुप्रै सम्भावनाहरु रहेको बताउँदै यो परिवेश देख्दा आफ्नो गाँउमा आएजस्तो अनुभूति भएको बताए ।
झाङ्गले भने,आफूहरुलाई काठमाण्डौबाट अध्ययन स्थलसम्म आउन ३ सय ५० किलोमिटर लामो दुरी चीनमा १ घण्टामै यात्रामा पुरा गर्न सकिने बताउँदै आफूहरुलाई ११ घण्टा भन्दा बढी लागेको बताए । झाङ्गले भने, आफुहरु यहाँ यसो गर्नुस उसो गर्नुस भनेर किसानहरुलाइ निर्देशन दिन नआएको भइ किसानहरुको विचार सुनेर र आफुले त्यसमा सुझाव दिएर काम गर्ने भन्दै यहाँको कला र संस्कृतिलाइ सिक्ने मौका पनि मिलेको भन्दै खुशी ब्यक्त गरे । उनले चीनले पछिल्लो ४० बर्षको अबधिमा विकासले फड्को मारेर अगाढी बढेको बताउँदै नेपालमा पनि यो सम्भव भएको बताए ।
कार्यक्रमको अवसरमा बोल्दै चीनको टोली नेपाल ल्याउने काम गरेका समाजसेवी दामोदर भूषालले चीनका काम धेरै कुरा थोरै गर्ने प्रवृति भएको र त्यहाँका किसान र जनता अत्यन्तै मिहेनति भएको कारण विकास भएको बताए । भूषालले भने, देशमा समृद्धि कसरी स्थापित गर्ने भनेर चिनियाँ टोली यहाँ आएकोले चीन सिद्धान्तले भन्दा पनि मिहेनत र कामले विकास गरेको उनले बताए ।
नेपालको ग्रामिण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकास गर्नका लागि बाग्लुङ्ग र गुल्मीको पौदी क्षेत्र अन्तर्गतको मुसिकोट नगरपालिका नं.१ भर्माचौरमा रहेको नमूना एकिकृत कृषि फर्मको आयोजनामा अनुसन्धान विकास केन्द्रका प्रमुख योङसेङ चाङ्ग ४ जना र नेपाली सहितको चीनिया टोली स्थानीय सोरठी भैलो पञ्चेबाजा लगायतले स्थानीयहरुले भव्य स्वागत गरेका छन् ।
सो टोलीले अब यहाँ सम्बन्धी बृहत कार्ययोजना बनाइ चीन पठाइएपछि काम सुरु हुने भएको छ । त्यसपछि मात्र यस क्षेत्रका कृषकहरुलाई चीनमा नै लगेर तालिम दिने र कम लागतमा छोटो समयमा अधिक उत्पादन गर्न सकिने गरी उनीहरुलाई आगामी बर्ष २०१८ मा चीनमा तालिम दिइने भएको छ ।