arrow

राष्ट्रिय सरकारको उर्दी लगाउँदै दाहाल, लेन–देनको उचित मार्ग खोज्दै दलहरु

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
Dahal-dhangadhi.jpg.jpeg
काठमाडौं । मधेस मुद्दा समाधान हुन नसकेको अवस्थामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि राष्ट्रिय सरकारको प्रचारबाजी सुरु गरेका छन् । दाहालले वर्तमान देशको अवस्था, संविधान कार्यान्वयन, संशोधन र भूकम्पमा भएको क्षतिको पुनःनिर्माणको निम्ति राष्ट्रिय सरकारको आवश्यकता भएको बताएका छन्  । ७ नम्बर प्रदेशको बैठक र प्रशिक्षणका लागि कैलालीको धनगढी पुगेका दाहालले पत्रकारसंग यस्तो बताए । 
 
दाहालले भने,‘मधेसी मोर्चासँग खासगरी सिमाङ्कनबारे राजनीतिक समिति बनाउन र ३ महिनाभित्र सिमाङ्कन संशोधन गर्ने विषयमा छलफल भइरहेको छ ।’ पार्टी महासचिव कृष्ण महरालाई पार्टी तर्फबाट लचिलो भएर पेश हुने निर्देशन दिएको बताउँदै दाहालले सहमति भयो भने नाका खुल्ने र स्थिति सहज हुँदै आइसकेको बताए । यद्यपि, दाहालको भाषाले राष्ट्रिय सरकारका नाउमा फेरिपनि मन्त्रालय थप घट गर्ने र असन्तुष्टहरुलाई सरकारमा सामेल गर्ने रणनीति बनेको जनाउ दिएको छ । सरकारमा कांग्रेसको सहभागिताबारे भने केही गाइँ गुइँ सुनिएको छैन । 
 
संविधान कार्यान्वयन र पुनःनिर्माणका नाउमा फेरि दलहरुले राजनीतिक संक्रमण लम्ब्याउने देखिएको छ ।  दाहालका अनुसार मधेसमा दुई प्रदेश हुन्छ भन्नेमा कांग्रेस र एमाले तयार नभएपनि प्रधानमन्त्री केपी ओलीले जसरी भए पनि सहमति गर्नै पर्ने भनेकाले दलहरुबीच सहमति हुन सक्छ । मंगलबार महत्वपूर्ण निर्णय गर्ने मध्यमार्गी बाटो अपनाएका दलहरुले पछिल्लो पाँचबुदे र अघिल्लो पाँच बुँदेबाटै भागबण्डा गर्ने छन् । दलहरुले लेनदेनको उचित मार्ग खोजिरहेका छन् ।    
 
दाहालले भने,‘केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नेपालको नयाँ संरचना अनुसार प्रदेशको बैठक गरिरहेका छौं, मधेसी मोर्चा र हाम्रो कार्यदलको बैठक बसिरहेको छ । हिजोबाट राष्ट्रिय पुनःनिर्माणको महाअभियान शुभारम्भ भएको छ, यो खुसीको कुरा हो । सभामुख सोमबारसम्ममा फर्कने र संसद सञ्चालन गर्ने भनिएको छ ।’ भूकम्पले एकठाउँमा ल्याएपछी संविधान बनाएको भनेका राजनीतिक दलहरुको चरित्र बुझि नसक्नु छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ