arrow

सलमान र शाहरुख खान बिरुद्ध अदालतमा मुद्दा दायर

हिन्दुहरुको आस्थामा चोट !

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
salman_Sahrukh.jpg.jpeg
एजेन्सी। हिन्दुहरुको आस्थामा चोट पुराएको भन्दै बलिउड स्टार द्वय सलामन खान र शाहरुख खान बिरुद्ध भारतिय अदालतमा मुद्दा दायर भएको छ। एउटा भारतिय टेलिभिजन कार्यक्रमको दौरान मन्दिर भित्र जुत्ता लगाएको देखाईएकोले हिन्दुहरुको आस्थामा चोट पुगेको भन्दै मुद्दा दायर गरिएको हो। 
 
हिन्दु महाशभा नामक धार्मिक संस्थाले कलर्स टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम बिग बोशमा सलामान-शाहरुखले काली मन्दिरमा जुत्ता लगाएर प्रवेश गरेकोमा आपत्ती जनाएको छ। 
 
जिल्ला मजिस्ट्रेट र एसएसपीलाई उक्त कुराको जानकारि गराईसकिएको र कलर्स च्यानललाई जानकारि गराउँदा वास्ता नगरेकोले न्यायलयमा मुद्दा दर्ता गर्नु परेको संघले जनाएको छ। 
 
पछिल्लो केहि समयदेखि शाहरुख खान बिवादमा तानिइरहेका थिए भने सलमान खानलाई पनि यो काण्डले बिवादमा तानेको छ।
 
पछिल्लो समयमा बलिउडमा शाहरुख-सलमान र आमिर अहिले तीनै जना बिवादले घेरिएका छन्। तीनै कलाकार मुश्लिम धर्मावलम्बी रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ