arrow

नेपाली सेनाको रणभीम गणले बाड्यो भुकम्प पिडितलाई न्यानो सँगै स्वास्थ्य परिक्षण

logo
गेकर्णप्रसाद भण्डारी
प्रकाशित २०७२ माघ ३ आइतबार
army.jpg.jpeg
लापिलाङ (दोलखा) । नेपाली सेनाको दोलखामा रहेको  रणभीम गण दोलखाले  अति दुर्गम गाविसमा तीन दिन देखि गएर स्थानियलाई राहत वितरणको प्रबन्ध मिलाउदै थियो ।  तीन दिन  सैनिका टोलीले गरेको न्यानो कपडा वितरण र अन्य बिभिन्न सामाग्री बितरणका लागि कुपन बितरण गर्‍यो । सोही कुपन मार्फत अइतबार नेपाली सेनाका सहायक रथि प्रदिप कुमार अधिकारीले  लापिलाङ–५,६ र ७ का ५९४ जना भूकम्प पीडितहरुलाई ब्याल्याकेट १ थान ,मण्डी २ थान,सुकुल १ थान, बिस्कुट, ननभेज ड्राईफुड लगाएतका सामाग्री बितरण गरे ।
 
यीनै सहयोग सँगै चिसोका बिरामीको स्वास्थ्य परिक्षण गरेर यहाँका स्थानियबासीमा खुसी छाएको छ । चिसोले  स्थानियको जनजिबन कष्टकर भईरहेको बेला  सेनाको सहयोग प्रति गर्भ लागेको स्थानिय बल बहादुर थामीले बताए । चिसोका कारण दोलखामा भुकम्प पिडितहरुको अवस्था दयनिय भएको सञ्चार माध्यममा आएसँगै सेनाले सहयोग गरेको हो । स्वास्थ्य शिविर बालबालिका , महिला बृद्धबृद्धाको गरी ३सय जनाको स्वास्थ्य परिक्षण गरिएको सेनानी मनोज थापामगरले बताए । 
 
स्वास्थ्य परिक्षणका लागि नेपाली सेनाको सहसेनानी डाक्टर बिजय भुषण दत्त ,डाक्टर कृष्णप्रसाद देशेमरु लगायतले स्वास्थ्य परिक्षण् गरे ।  वडानं ५ की ६४ वर्षीया विष्णु कुमारी थामीले सरकारले नहेरे तापनि सरकारकै नेपाली सेनाले हाम्रो मर्म बुझेर चिसोबाट बच्ने न्यानो सिरकलगायतका हजारौका सामान दिएको छ, अब त अब बाँच्छौँ – भने ।  
 
त्यसै गरी ६६ वर्षीय अहिमान थामी पनि पाएको न्यानो कपडाबाट खुसी छन् । उनले भने, -हामी भूकम्पबाट पीडित अवस्थाको हृेरचाह गर्ने अहिले सेना नै भएको छ । अब भने यसपालिको चिसोबाट बच्ने भएँ, म जस्ता बूढाको उद्धार भयो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ