arrow

दुई दिनमा फन्कोको कमाई ५६ लाख

फिल्मको आईतबारको कलेक्सन रिपोट आउन बॉकी रहेको छ ।

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
Fanko.jpg.jpeg
काठमाडौं । फिल्म बितरक कंम्पनी एफ डि ले आफुले मोफसलमा बितरण गरेको फिल्म ‘फन्को’को दुई दिनको व्यापार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार फिल्मले काठमाडौमा माघ १ गते रिलिजको दिन १५ लाख ६९ हजार ४ रुपैया र काठमाडौबाहिर १२ लाख ९१ हजार ७ सय ३८ रुपैया ५६ पैसा गरी पहिलो दिन फिल्मले २८ लाख ६० हजार ७ सय ४२ रुपैया ५६ पैसा कलेक्सन गरेको  छ । 

यस्तै फिल्मले दोश्रो दिन माघ २ गते काठमाडौमा १६ लाख ५५ हजार ४ सय २२ रुपैैया र काठमाडौ बाहिर ११ लाख ११ हजार २ सय ४० रुपैया ५७ पैसा कलेक्सन गर्दै दोश्रो दिन काठमान्डौ र बाहिर गरी २७ लाख ६२ हजार ६ सय ६२ रुपैया ५७ पैसा कलेक्सन गरेको छ । 

काठमान्डौका अठार सिनेमा हल र काठमान्डौ बाहिर पैसठी सिनेमा घरहरुमा प्रर्दशनमा आएको फन्कोले दुई दिनमा ५६ लाख २७ हजार ४ सय ५ रुपैसा १३ पैसा कलेक्सन गर्न सफल भएको एफ डिका अध्यक्ष नरेन्द्र महर्जनले बताए । फिल्मको आईतबारको कलेक्सन रिपोट आउन बॉकी रहेको छ । 

काठमान्डौ उपत्यकामा आईतबार मल्टीप्लेक्सहरुमा पनि फिल्मले राम्रो साथ पाईरहेको छ । सिंगल स्टेशनहरुमा सोचे अनुरुप फिल्मले दर्शक तान्न नसकेको बताउदै मल्टिप्लेक्सहरुमा भने दर्शकहरुको राम्रो साथ पाइरहेको अध्यक्ष महर्जनले बताए । 
आफुहरुले सोचे जस्तो फिल्मको ब्यबसाय आएको बताउदै फिल्मको लगानी सुरक्षित हुनेमा आफुहरु आशाबादी रहेको अध्यक्ष महर्जनको भनाई छ । सौगात मल्ल,केकी अधिकारी,दयाहाङ्ग राई,प्रियका कार्की,अनुप बराल,केशब भट्टराई लगाएतको अभिनय तारिफ योग्य रहेको पाईएको छ । शुर्बण थापाले निर्देशन गरेको यो फिल्ममा नरेन्द्र महर्जन,शहदेब गौतम र पदम गुरुङ्ग को लगानी रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ