arrow

बीग बोसमा फेरि सनी लियोन

‘मस्तीजादे’को प्रमोसनका लागि उनी बीग बोसको नवौं संस्करणमा जान लागेकी हुन ।

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
मुम्बई । टेलिभिजन रियालिटी शो ‘बीग बोस ५’ मार्फत भारतमा लोकप्रियता हासिल गरेकी अभिनेत्री सनी लियोन पुनः उक्त शोमा जाने भएकी छन् । तर उनी यसपटक सहभागिताका लागि भने जाने छैनन् ।

आगामी जनवरी २९ मा रिलिज हुन लागेको उनी अभिनित  एडल्ट कमेडी फिल्म ‘मस्तीजादे’को प्रमोसनका लागि उनी बीग बोसको नवौं संस्करणमा जान लागेकी हुन ।

उनले ट्वीटरमा ट्वीट गर्दै आफु पुन एकपटक बीग बोसमा जान पाउँदा खुशी लागेको जनाएकी छन् । मिलाप जाबेरीले निर्देशन गरेको तुषार कपुर र वीर दासलगायतका कलाकारले अभिनय गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ