arrow

मिस नेपाल इभाना भन्छिन्– हामीलाई सरकारले सहयोग गरेन

नेपाली प्रतियोगीलाई सद्भावना दुतको रुपमा प्रस्तुत गरेर लैजान सके देशको गरिमा बढ्ने

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
evana-manandhar.jpg.jpeg
काठमाडौं । चीनको सान्यामा केही समय अघि सम्पन्न मिस वल्र्डमा सहभागिता जनाएकी मिस नेपाल २०१५ इभाना मानन्धरले आफुहरुको काममा सरकारले सहयोग नगरेको गुनासो गरेकी छन् । द हिडन ट्रेजरले नयाँ मिस नेपालको खोजीका लागि आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनी गुनासिएकी हुन् ।

‘अन्य मुलुकका सहभागीहरु प्रतियोगितामा आउँदा उनीहरुलाई सरकारका तर्फबाट पनि सहयोग हुने कुरा बताउँछन्, तर हाम्रोमा त्यो अवस्था छैन,’ उनले भनिन्‘सहयोगको अर्थ पैसा मात्र होईन, हौसला र उत्साह पनि हो, त्यसमा सरकारको ध्यान गएको छैन ।’ उनले मिस वल्र्डमा जाँदा नेपाली प्रतियोगीलाई सद्भावना दुतको रुपमा प्रस्तुत गरेर लैजान सके देशको गरिमा बढ्ने दाबी गरिन् ।

संस्थाका अध्यक्ष गोपाल कक्षपतिले २१ औं संस्करणको ‘मिस नेपाल २०१६’मा सहभागिता जनाउन चाहनेहरुको छनौंट, छलफल, अन्तर्वार्ता फेब्रुअरीको दास्रो हप्ताबाट शुरु गरिने बताए । ‘प्रतियोगीहरुको उमेर १९देखि २४ वर्ष, उचाई ५ दशमलब ४ इञ्चदेखि माथि बिहे नगरेको, बच्चा नजन्माएको र विवाह बन्न नभएको हुनुपर्नेछ,’उनले भने,‘शैक्षिक योग्यता प्लस टु पास वा समान बराबर, नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएको हुनुपर्छ ।’

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०१५ मेधा कोइरालाले मिस नेपालमा सहभागिता जनाउनु अघि मेकअपमा ध्यान नदिने गरेको खुलाउँदै प्रतियोगितामा सहभागिता जनाएर अरुको कुरा बुझ्न पाएको बताईन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुले थारु नृत्यसहित नेपाली गीतमा नृत्य गरेको जनाईन् ।

मिस नेपाल अर्थ दिव्यता वैद्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अनुभव सुनाउँदै विदेशी भाषा नबुझ्दा गुगल ट्रान्सलुसनको सहयोग लिएको खुलाईन् । प्रतियोगिताको फाईनल ८ अप्रिलमा हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ