arrow

पत्रकार राजवंशीलाई सम्मान

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
nirnjan_rajbamsi.jpeg

काठमाडौं  । नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्टस प्रेस युनियन (एआइपिएस) एशियाका कोषाध्यक्ष पदमा विजयी भएका नेपालका खेल पत्रकार निरञ्जन राजवंशीलाई आज सम्मान गरेको छ । 

मञ्चले एक कार्यक्रमको आयोजना गरी खेल पत्रकार राजवंशीलाई सम्मान गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घले, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगातयले सफलतको शुभकामना दिँदै बधाई दिए । 

पाकिस्तानमा  अक्टोबर ६ मा सम्पन्न एआइपिएसको विशेष साधारणसभाबाट राजवंशी लगातार दोस्रो पटक कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । सन् २०१२ मा पहिलोपटक एआइपिएसमा सदस्यता ग्रहण गरेका राजवंशी अघिल्लो कार्यकालमा पनि कोषाध्यक्ष पदमा नै थिए । 

मञ्चको पूर्वअध्यक्षसमेत रहेका राजवंशी हाल बिबिसी नेपाली सेवामा कार्यरत छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ