फौजी किराको प्रकोप नियन्त्रण गर्न कृषि कार्यालयद्वारा निःशुल्क औषधि वितरण
प्रकाशित २०७४ कार्तिक १ बुधबार
327
Shares
गुलरिया । बर्दियाका किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण कार्य शुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले असोज महिनाको तेस्रो सातादेखि गुलरिया नगरपालिका–१० को थारु पर्सिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाको कण्ठपुर शीतलाबजारलगायतका स्थानमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागि किसानमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
बर्दियाका विभिन्न स्थानका एक हजार बिगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा देखापरेको फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय, गुलरियाले निःशुल्करुपमा विषादी वितरण गर्दै आइरहेको बताउँदै उनले प्रकोप देखापरेका किसानलाई कार्यालयमा आई निःशुल्क रुपमा विषादी लिएर धानबालीमा छर्कन सुझाव दिनुए ।
अधिकृत रावतका अनुसार कार्यालयले हालसम्म ३० भन्दा बढी किसानलाई निःशुल्क औषधि वितरण गरिसकेको छ । अधिकृत रावतले इमिडोक्लोप्रिड नामक विषादी दुई मिली प्रतिलिटर पानीमा मिसाएर पाँच दिनको फरकमा पूरै बोट भिज्ने गरी कम्तीमा तीनपटक स्प्रे गर्नसमेत किसानलाई सल्लाह दिएका छन् ।