फिफाका पूर्व प्रमुख ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
428
Shares
जेनेभा। विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ।
एकासी बर्षीय पूर्व फिफा प्रमुख व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ। शुक्रबार एक अन्तवार्तामा उनले भने “म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु।” “मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ।” रसस-एएफ्पी