- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी। रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ ।
समुदायस्तरबाट मावि तह सञ्चालन भइरहेको विद्यालयमा कक्षा ११ र १२ समेत सञ्चालन गर्ने उद्देश्यले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए ।
वडाको खरिबोट, चौरखानी, ध्यासीखर्क, मँगलेखानी, पात्लेखर्क र दुवाडी क्षेत्रमा खेलिएको देउसीभैलोबाट उक्त रकम संकलन भएको विद्यालय प्रसासनले जनाएको छ ।
खरिबोट र चौरखानीबाट सबैभन्दा धेरै रकम संकलन भएको विद्यालयका शिक्षक यामबहादुर विश्वकर्माले बताए ।
कक्षा १० सम्म पठनपाठन हुदै आएको विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालनको तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।
सरकारले कक्षा १२ सम्मलाई मावि तह बनाएपछि सोही अनुसार विद्यालयले कक्षा थपको तयारी गरिरहेको जनाएको छ । विद्यालयका दुईसय विद्यार्थी अध्ययनरत छन् ।