arrow

पौडेलले भने 'मैले धेरै समर्थन गरे अब पालो शुसिलको'

मधेस आन्दोलनले २–३ दिनमा निकास पाउँछ

logo
सुरेश श्रेष्ठ
प्रकाशित २०७२ माघ ४ सोमबार
ramchandra.jpg.jpeg
दाङ। नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले अबको २–३ दिनमा मधेस आन्दोलनले निकास पाउने बताएका छन्। नेपाल प्रेस युनियन दाङको आयोजनामा सोमबार घोराहीमा आयोजीत पत्रकार सम्मेलनमा सभापति पौडलले संबिधान संशोधनबाटै मधेस आन्दोलनले निकास पाउने बताए। नेपाली काँग्रेसले संसदमा दर्ता गराएको बिधान संशोधनमा अधिकतम लचकता अपनाई मधेस आन्दोलनको उचित मागको सम्बोधन हुने उनको दाबी छ। कथम कदाचीत भएन भने आफ्नै तरीकाबाट संबिधान संशोधनको टुङगो लगाईने छ र निकास निकालिने छ। 
 
अर्को प्रसङमा उनले भने, मुलुकमा ठुलो परिवर्तन भएको छ, यो परिवर्तनलाई संस्थागत गराउन सफल नेतृत्वको आबश्यक्ता छ। ठिक गतिका साथ गन्तब्यतिर लैजान नेतृत्वले नसके गोलमोलतिर मुलुक जान्छ उपसभापति पौडे्लले भने। क्रान्ति गरेका पार्टीहरु नेपालमा थुप्रै छन, क्रान्ति गरेर मात्र कहाँ हुन्छ, क्रान्तिलाई सुजबुज र परिस्कृतका साथ टुङगोमा पुर्‍याउनु नै सफल पार्टी र नेतृत्वको क्षमता हो,त्यो क्षमता नेपाली काँग्रेससग बाहेक अरुसँग नभएको उनले दाबी गरे। उनले काँग्रेस पार्टीभित्र परिवर्तनको आबश्यता रहेको औल्याउदै संरचनागत, भावनात्मक, कार्यशैलीगत र सोचाईमा परिर्वतन गर्ने र गराउन सक्ने नेतृत्वको आबश्यकता पार्टी भित्र रहेको बताए। त्यसका लागि पनि आफुले पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको जानकारी दिए। 
 
सुशील कोईरालालाई यस अघि सभापति र प्रधानमन्त्रि पदमा आफुले समर्थन गरेको स्मरण गराउनुहुदै पार्टी उपसभापति पौडे्लले अब आफ्नो पालो सभापतिमा रहेको दाबी गरे। नेपाली काँग्रेस प्रशिक्षण बिभागका संयोजक समेत रहनुभएका पौडेलले काग्रेसलाई संघिय संरचनामा रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा प्रशिक्षण चलाउनु परेको बताए। उनले अब प्रदेश नम्वर २, ४ र ६ मा प्रशिक्षण रहेका जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ