मुम्बई । प्रेमी रणवीर कपुरसँग ब्रेकअप भएपछि बलिउड अभिनेत्री क्याट्रिना कैफ पूर्व प्रेमी सलमान खानसँग भेट्नका लागि आधा रातमै एक पार्टीमा पुगेकी छन् । उनले सलमानसँग रणवीरसँग भएको ब्रेकअपका बारेमा निकै लामो कुराकानी गरेकी थिईन् । तर क्याट्रिनाले पार्टीमा सलमानसँग ब्रेकअपका विषयमा कुनै कुराकानी नभएको बताए पनि त्यहाँ उपस्थित सलमानका साथीहरुले भने उनको कुराको खण्डन गरेका छन् ।
समाचार अनुसार उक्त पार्टी फिल्म ‘सुल्तान’का निर्देशक अली अब्बासले आफ्नो जन्मदिनमा आयोजना गरेका थिए । उक्त पार्टीमा अलीका नजिकाका साथीहरुको उपस्थिति रहेको थियो । अलीको फिल्ममा सलमान प्रमुख भूमिकामा छन् । त्यसकारण पनि निर्देशकले फिल्म युनिटका लागि विशेष पार्टी राखेका थिए । क्याट्रिना पनि अलीका नजिकको साथी मानिन्छिन् । क्याट्रिनाका प्रवक्ताले सलमानसँग क्याट्रिनाको ब्रेकअपका बारेमा केही पनि कुराकानी नभएको दाबी गरेका छन् ।