arrow

भत्किनबाट जोगियो राजकपुरको पुस्तेनी घर

घरका वर्तमान मालिकले सपिङ मल बनाउनका लागि घर भत्काउने काम शुरु गरेका थिए ।

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Raj_Kapoor_birth_place_burhan.jpg.jpeg
पेशावर । बलिउड फिल्ममा पहिलो ‘सो मेन’का रुपमा परिचित अभिनेता राज कपुरको पाकिस्तानमा रहेको ९५ वर्ष पुरानो पुस्तेनी घर ध्वस्त हुनबाट जोगिएको छ । पाकिस्तानी सरकारले राष्ट्रिय सम्पत्तिका रुपमा नामाकारण गरी सकेको यो घरको चौथो तला भत्काउन शुरु गरिए पनि सरकारको हस्तक्षेपका कारण ऐतिहासिक भवनको बाँकी हिस्सा सुरक्षित रहन सक्यो । 

राजकपूरको यो पैत्रिक घर पेशावरको ढाकी मुनव्वर शाहमा रहेको छ । आवामी नेशनल पार्टीको नेतृत्वमा रहेको अघिल्लो सरकारले यसलाई राष्ट्रिय सम्पत्तिका रुपमा घोषणा गरेको थियो । समाचार अनुसार यो घरका वर्तमान मालिकले सपिङ मल बनाउनका लागि घर भत्काउने काम शुरु गरेका थिए । पुरातत्व महानिर्देशालयले घर भत्काउन लागेको थाहा पाएपछि तुरुन्त अदालत पुगेर निवेदन दिएपछि अदालतले त्यो काम गर्न रोक लगाएको थियने ।

अदालतले आदेश दिए पनि घर मालिकले चौथो तला भत्काईसकेका थिए भने दोस्रो र तेस्रो तलाको ढोका र झ्याल निकालिसकेका थिए । पुरातत्व निर्देशनालयका अधिकारीहरुका अनुसार भवन भत्काउन लागेको जानकारी उनीहरुले शनिवार मात्र थाहा पाएका थिए । त्यसपछि उनीहरुले तुरुन्त स्थानीय प्रहरीसँग सम्पर्क गरेर भत्काउने काम रोकाएका थिए । 

घरका मालिकले घर भत्काउनका लागि नगर निगमले सूचना दिए पछि आफुले घर भत्काएको बताएका छन । निर्देशालयले भवनको सुरक्षा सुनिश्चित गर्नका लागि उचित कदम उठाउने जनाएको छ । राजकपुरका पिता तथा वरिष्ठ अभिनेता पृथ्वीराज कपुरले १९२० मा उक्त घर निर्माण गरेका थिए । राजकपूर र उनका भाइहरुको जन्म त्यही घरमा भएको थियो । भारत र पाकिस्तान छुट्टिए पछि कपुर परिवार भारत आएको थियो ।

राजकपुरका छोरा अभिनेता ऋषि कपूरले पाकिस्तानी जनतालाई धन्यवाद दिएका छन् । उनले ट्वीटरमा ‘तपाईहरुको भावनाका लागि धन्यवाद, तर अब यो सम्पत्ति पाकिस्तान सरकारको हो, ऊसँग यो विषयमा निर्णय लिने पुरा अधिकार छ’भन्दै ट्वीटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ