arrow

आशाको बुटिकमा रजनीकाे कैची

आशाले एक वर्षको डिजाइनर कोर्ष लिएर बुटिक सञ्चालनमा ल्याएको बताइन् । ‘

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
IMG_3230.jpg.jpeg
काठमाडौं । फेसन पारखीका लागि खुसी खबर छ । आधुनिकतासँगै फेसन पारखीहरुको बृद्धिले राजधानीको गल्ली–गल्लीमा बुटिकहरु सञ्चालनमा आउन थालेका छन् । यसै भीडमा अर्को बुटिक थपिएको छ । राजधानीको नयाँ बानेश्वरमा ‘शदेस’ नामक बुटिक थपिएको हो । उक्त बुटिकको शनिबार अभिनेत्री रजनी केसी र गायक हेमन मोक्तानले उद्घाटन गरे । उक्त बुटिक फेसन डिजाइनर आशा गिरीले सञ्चालनमा ल्याएकी हुन् ।

कार्यक्रममा फेसन डिजाइनर तथा बुटिक सञ्चालक आशाले एक वर्षको डिजाइनर कोर्ष लिएर बुटिक सञ्चालनमा ल्याएको बताइन् । ‘शदेस’ विशेषगरी नारीहरुका लागि हो, जहाँ लेहेंगा, सारी, कुर्था सुलवारलगायत लेडिज वेयरहरु चाहेजस्तो पाइने आशाले बताइन् । 

नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरतिर करिब ३ मिटर दुरीमा सञ्चालनमा आएको यस बुटिकले फेसन पारखीका चाहनालाई पूरा गर्ने विश्वास सञ्चालकको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ