- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुम्बई । न्युजिल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले शर्मनाक हार बेहोरेको छ । भारत ६ विकेटले पराजित भएको हो ।
कप्तान विराट कोहलीमात्र चलेको खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको नोक्सानीमा २८० रन बनायो ।
घरेलु मैदान मुम्बईमा कोहलीले १२५ बलमा २ छक्का र ९ चौकाको मद्धतमा १२१ रन बनाए । त्यसबाहेक दिनेश कार्तिकले ३७ रन बनाए ।
टे«न्ट बोल्टले ४ विकेट लिए । त्यस्तै टिम साउतीले ३ विकेट लिए ।
जवाफमा न्युजिल्याण्डले ४ विकेट मात्र गुमाएर १ ओभर खेल्न बाँकी छँदै जित पायो ।
बलर नचलेको न्युजिल्याण्डको इनिङमा २५ बर्षे टम लथाम र रोस टेलरले कमालको साझेदारी गरे ।
चौथो विकेटका लागि २०० रनको साझेदारी गर्दै लथामले १०४ रन नटआउट बनाए । टेलरले ९५ रन बनाए ।
जितपछि न्युजिल्याण्डले ३ खेलको श्रृंखलामा १–० को बढोत्तरी बनाएको छ । दोस्रो खेल बुधबार पुनेमा हुनेछ ।