arrow

स्तनलाई खादाले छोपेकी नायिका शुभेच्छा निलम्बित

थापालाई नेपाल चलचित्र कलाकार संघले कारबाही गरेको हाे ।

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
काठमाडौँ । बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार संघले कारबाही गरेको छ । संघको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए । 

देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पु¥याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएकोे उनको भनाइ थियो । 

उनले भने – ‘उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौंँ ।’ केही हप्ताअघि अभिनेत्री थापाले सामाजिक सञ्जालमा उक्त अर्धनग्न तस्बिर राखेकी थिइन् । यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ