arrow

ब्रविमले मायालुलाई भने ‘के छ हाल खबर’ (भिडियो)

उनी गीतमार्फत ‘के छ हाल खबर ?’ भन्दै आफ्नी मायालुको यादलाई श्रोतामाझ पस्केका हुन्

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Brabim-video-ph.jpg.jpeg
काठमाडौं । मातृभाषा गायनमा आफ्नो छुट्टै पहिचान बनाएका गायक ब्रविम लिम्बू ‘शेर्मा’ मायालुलाई हाल खबर सोध्दै आएका श्रोता तथा दर्शकमाझ आएका छन् । 

उनी गीतमार्फत ‘के छ हाल खबर ?’ भन्दै आफ्नी मायालुको यादलाई श्रोतामाझ पस्केका हुन् । डिल्लीबिक्रम शेर्माको शब्द तथा संगीत रहेको ‘के छ हाल खबर’ बोलको गीतलाई ब्रविमले लोक आधुनिक फ्लेभरमा गाएका छन् । लिम्बू भाषाका गीतका लागि ब्रविमलाई तारिफ गरिरहन पदैन, त्यो उनका श्रोता एवं दर्शकलाई राम्ररी थाहा छ । तर, सुगमसंगीतमा पनि उनी निकै खुलेका छन् । अझ यो गीत सुनेपछि ब्रविमको स्वरले नै पुष्टि गर्नेछ । 

ब्रविमका दर्जनौ चर्चित लिम्बू भाषाका गीत छन् । पछिल्लो समय उनी मूलधारको गायनमा आएका हुन् । ‘के छ हाल खबर’ गीतको भिडियोलाई सुरजसिंह ठकुरीले निर्देशन गरेका छन्, जसमा आशा र गम्भीर विष्टले अभिनय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ