arrow

ठाेस धारणा बनाउन तीन दल बालुवाटारमा

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
baluatar.jpg.jpeg.jpeg
काठमाडौं । मधेस समस्या समाधान गर्न गठित कार्यदलसंग विवादित विषय टुंग्याउने गरी छलफलका लागि साझा धारणा बनाउन प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सहभागि छन् ।  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित ठूला तीन दलका शीर्ष नेता सहभागी बैठकमा पाँच महिनाअघिदेखि आन्दोलन गरीरहको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका सन्दर्भमा ठोस धारणा बनाउनेबारे छलफल भइरहेको छ । आइतबार बसेको कार्यदल बैठकले विषयगत रुपमा प्रस्तावित राजनीतिक संयन्त्रलाई संवैधानिक वैधता दिने र संविधानको अंग बनाउने विषयमा छलफल गरेपछी विवादित केही विषयमा शीर्ष नेताहरुले परामर्श गरिरहेका हुन् । 
 
कार्यदल बैठकमा सरकारले अघि सारेको विषयमा मोर्चाले ६ बुँदे असहमति राखेपछि परामर्श गर्नु परेको स्रोतले जनाएको छ । बैठकमा तीन दल–मोर्चा सम्मिलित कार्यदल तहमा भएका केही विवाद मिलाउने प्रयास हुने बताइएको छ । तीन दलको बैठक सकिएपछि साँझ ६ बजे संयुक्त कार्यदलसँग तीन दलले विवाद समाधानबारे छलफल गर्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ