arrow

एउटा याममा सात क्विन्टल मह उत्पादन,वार्षिक बाह्र लाख आम्दानी

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
honey-farm.jpg

फलेवास । पर्वत मोदी ५ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिना व्यावसायिक रुपमा मौरीपालन गरेर वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् । 

उनको घरमा झण्डै १०० वटा मौरीका घार रहेका छन् । एपी सेरेना जातको मौरी पालेका तिमिल्सिनाले सो व्यवसायबाट गतिलो कमाई गर्न सफल भएका छन् । उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् । 

विसं २०५७ बाट व्यावसायिक रुपमा माहुरीपालन गर्दैआएका तिमिल्सिनाले उत्पादन गरेको मह घरबाटै बिक्री हुन्छ । उनले वर्षमा दुई दर्जनभन्दा बढी घारसमेत बिक्री गर्दै आएका छन् । घरबाटै प्रतिकिलो  ७०० का दरले तिमिल्सिनाले मह बिक्री गर्छन्  । उनले एउटा याममा सात क्विन्टलभन्दा बढी मह काढ्ने गरेको बताए । 

एपी सेरेना जातको माहुरीको मह भिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले मनग्य आम्दानी गर्न सकेको उनको भनाइ छ । मौरीपालन व्यवसायबाट भएको कमाईले छोराछोरीलाई पढाउने र घरजग्गा जोड्ने काम गरेको उनी बताउछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ