arrow

पावरलिफ्टिङ्गमा बाबु-छोरा ज्ञानेन्द्र र रोजिनले जिते पदक

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
Powerlifting.png

दिल्ली । भारतको दिल्लीमा जारी बिश्व पावरलिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनकासाथ पदक हात पार्दै ईतिहास रच्न सपल भएका हुन् ।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर तर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सब जुनियर (१९ बर्ष मुनि) कास्य पदक प्राप्त गर्न सफल भएको ज्ञानेन्द्र नकर्मीले दिल्ली बाट जानकारी गराएका छन् ।

यस अघि १९१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । पावरलिफ्टिङ्गमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहंदै आएको छ । २०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए । यस्तै २०१५ मा केरेलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्य पदक हात पार्न सफल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ