arrow

मतपत्र छपाइ स्थगित, निर्वाचन आयोग भन्छ – चुनाव निर्धारित मितिमै  

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
matpatra1.jpg

काठमाडौं । निर्वाचन आयोगले तत्काल प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य रोकेको छ । आयोगको कार्यतालिका अनुसार शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनुपर्ने हो । 

तर प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि अन्योल बढेको भन्दै निर्वाचन आयोग तत्काललाई मतपत्र छपाइ गर्न पछि हटेको हो । 

समानुपातिकको मतपत्र छपाइ सकेर प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी भैरहँदा सर्वोच्च अदालतको आदेशले आयोग नै अन्योलमा परेको हो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै छाप्न बाध्य पार्ने गरी कारण देखाउ आदेश दिएको छ। 

निर्वाचन आयोगले केही ढिला गरी मतपत्र छापिए पनि समयमै निर्वाचन गर्न सकिने आश्वासन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ