काठमाडौ । वैशाख १२ गते गएको विनाशकारी भुकम्पले दुर्गम ठाउमा बस्ने थुप्रै व्यक्तिहरुलाई नराम्रोसँग दुःख दिएको छ । यो दुःखलाई पार लगाउन समाजका हरेक शक्ति निरन्तर निस्वार्थ रुपमा लागि परेको छन् ।
यसै क्रममा आगामी माघ १७ गते आईतबार दरबारमार्गको नर्लिङ्ग गजलमा मानवताका पाईला नामक अभियानले नुवाकोट छाप गाबिसका भुकम्प पिडितलाई सहयोग गर्न सांगितिक साँझ आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा गायिका मिलन अमात्य र नेपाली तारा ३ प्रताप लामाले आफ्नो प्रस्तुत दिने भएका छन् । कार्यक्रम संयोजक नविन कोइरालाका अनुसार कार्यक्रमबाट उठेको सम्पुण रकम छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुलाई रहात वितरण गरिनेछ ।